जोडिनुहोस
  • होमपेज
  • भारतको तेलङ्गाना र आन्ध्र प्रदेशमा बाढी र डुबानमा परेर नौ जनाको ज्यान गयो

भारतको तेलङ्गाना र आन्ध्र प्रदेशमा बाढी र डुबानमा परेर नौ जनाको ज्यान गयो

भारतको तेलङ्गाना र आन्ध्र प्रदेशमा हिजोदेखि लगातार परिरहेको पानीका कारण आएको बाढी र डुबानमा परेर नौ जनाको ज्यान गएको छ । अझै केही व्यक्ति डुबानमा परेर हराइरहेका छन् । यस क्षेत्रमा हिजैदेखि ठूलो पानी परिरहेकाले जनजीवन प्रभावित भएको छ । धेरै क्षेत्रमा बाढी आएको छ । रेल र बस सेवा प्रभावित भएको छ । तेलङ्गानाका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले सावधानी अपनाउँदासमेत केहीले ज्यान गुमाउनुपरेको बताउनुभएको बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई निकालेर राहत शिविरमा लगिएको छ । उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली खटाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आन्ध्र प्रदेश र तेलङ्गानाका मुख्यमन्त्रीसँग कुरा गरेर प्रभावित क्षेत्रमा केन्द्रबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

तेलङ्गाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा अझै केही दिन लगातार वर्षा भइरहने अनुमान गरिएको छ । जोखिम क्षेत्र र प्रभावित क्षेत्रका बासिन्दालाई साबधानी अपनाउन त्यहाँको मौसम विभागले आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका