जोडिनुहोस
  • होमपेज
  • भौतिकबाट वनमा सरुवा गरिएपछि दीपक मनाङेले दिए राजीनामा

भौतिकबाट वनमा सरुवा गरिएपछि दीपक मनाङेले दिए राजीनामा

गण्डकी प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसदसमेत रहेका राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिएका छन् । आइतबारसम्म भौतिक मन्त्रालय सम्हालिरहेका सोमबारदेखि वन मन्त्रालयमा सरुवा गरिएको थियो । नेकपा एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । आइतबार दुई मन्त्रालय फुटाएका मुख्यमन्त्री पाण्डेले सोमबार मन्त्रिपरिषद विस्तार गरी ९ सदस्यीय बनाएका थिए । तर यस्तोमा मनाङले भौतिकबाट वनतिर सरुवा गरिएपछि राजीनामा दिएका हुन् । ‘वन मन्त्रालयमा जान्न, बरु त्यो मन्त्रालय भाइहरूलाई दिएको भए हुने नि १ त्यही भएर राजीनामा दिएको हुँ । मैले राजीनामा पत्र सहयोगीमार्फत् मुख्यमन्त्रीकहाँ पठाइसकेँ ।’

एमालेका चार मन्त्रीले शपथ लिँदा मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई यथावत राखेका थिए । तर गुरुङले गतिलो मन्त्रालय नपरेको भन्दै पद छाडेका हुन् ।

एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटा दिन भनेको थियो । तर पाण्डेले दुई मन्त्रालय फुटाएर एकातिर एमालेलाई मनाएका थिए । अर्कातिर मनाङे र देवकोटालाई पनि साथमै राख्न चाहेका थिए । भौतिक चलाइरहेका मनाङेले वन नलिने घोषणासहित राजीनामा दिएका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका