जोडिनुहोस
  • होमपेज
  • बन्धक फिर्ता गर्न नसकेकोमा इजरायली प्रधानमन्त्रीले नेतान्याहुले मागे माफी

बन्धक फिर्ता गर्न नसकेकोमा इजरायली प्रधानमन्त्रीले नेतान्याहुले मागे माफी

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत शनिबार गाजामा मृत भेटिएका ६ बन्धकलाई फिर्ता गर्न नसकेकोमा देशका नागरिकसँग माफी मागेका छन् ।

सरकारको समन्वय नगर्दा बन्धकहरु मारिएको भन्दै देशको सबैभन्दा ठूलो मजदुर संगठन हिटाडरुटको नेतृत्वमा सुरु भएको आमहडतालले उग्र रुप लिएपछि प्रधानमन्त्री नेतान्याहुले माफी मागेका हुन् । आम हडतालमा उत्रेका प्रदर्शनकारीहरुले बाँकी बन्धकको रिहाइका लागि ठोस कदम चाल्न माग गरेका छन् ।

प्रधानमन्त्री नेतन्याहुलाई गाजामा रहेका बन्धकहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्नका लागि दबाब दिइएको छ । हमासले अपहरण गरेकामध्ये अझै ९७ जनाको अवस्था अज्ञात रहेको छ । प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहु आफ्नो अडानबाट पछि नहटे बाँकी बन्धक पनि मारिन सक्ने जनाए छन् ।

प्यालेस्टाइनी लडाकु समूह हमासले युद्धविराम सम्झौता नभए अरू बन्धक पनि ‘कफन लगाएर घर फर्कने’ चेतावनी दिएको छ । गाजाको फिलाडेल्फी करिडोर आफनो कब्जामा ल्याउन इजरायली सेना लागिपरेको भन्ने अभिव्यक्तिले थप मानवीय क्षति हुने भन्दै नेतान्याहुको अभिव्यक्तिप्रति प्रदर्शनकारीहरुले आपत्ति जनाएका छन् । हमाससँगको वार्तामा यो करिडोर प्रमुख मुद्दा बनेको छ ।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा रहेको सुरुङमा छ वटा शव फेला पारेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका