जोडिनुहोस
  • होमपेज
  • गायिका विष्णु माझीलाई सार्वजनिक गर्न सांसद भण्डारीको माग

गायिका विष्णु माझीलाई सार्वजनिक गर्न सांसद भण्डारीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले माझीको पछिल्लो गीत ‘आइनँ आमा ओई’को प्रशंसा पनि गरे ।

नेपाली समाज र संस्कृति झल्कने उनको गीतले नेपालीको मन छोएको भण्डारीको भनाइ छ । उनले माझीलाई देख्न पाए हुन्थ्यो भन्ने हरेकको चाहना भएको पनि सुनाए ।

“विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । म जहाँसुकै जान्छु, त्यो देख्छु, यति राम्रो गीत गाउने त्यो स्वर, व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीको हरेक मनले भनेको छ,” भण्डारीले भने । उनले थपे, “कुनै उपाय छ, कुनै धारणा छ, मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका