जोडिनुहोस
  • होमपेज
  • महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना

महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा २०८१/८/१३ मा महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउनसक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल (जेटीयूसीसी)का अध्यक्ष योगेन्द्र कुंवरले गत मंसिरमा भएको समझदारीपत्र समीक्षा गर्नुका साथै आगामी दिनमा आउनसक्ने चुनौतीहरूको दुईपक्ष रूपमा न्यूनीकरणका उपायहरू पहिचान गर्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै जान जरुरी रहेको बताए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यसमिति निर्माण गरी अगाडि बढ्न जरुरी रहेको पनि बताए ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्वलगायत आधारमा न्यूनतम पारिश्रमिक निक्र्याेल गरिनुपर्ने विषयमा छलफल तथा बैठक आयोजना हुन पर्नेमा जोड दिइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका