जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय भेलाको तयारीमा रहेको रास्वपाकाे प्रदेश भेला जारी

राष्ट्रिय भेलाको तयारीमा रहेको रास्वपाकाे प्रदेश भेला जारी

काठमाडौँ । राष्ट्रिय भेलाको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा प्रदेशस्तरीय भेला जारी राखेको छ । पार्टीले हालसम्म कर्णाली‚कोशी र बाग्मती प्रदेशको भेला सम्पन्न गरेको छ । भोलि मधेस प्रदेशमा भेलाको आयोजना हुँदैछ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाकाअनुसार सातै प्रदेशमा भेला सम्पन्न गर्ने तयारीमा रास्वपा छ । भेलाले प्रदेशमा भएका समस्याहरू समाधान गर्ने‚ राष्ट्रिय भेलामा प्रदेशबाट आउनेहरूलाई भेलाको बारेमा जानकारी गराउने तथा प्रक्रिया बुझाउने लगायत उद्देश्य राखेको छ ।

‘मूलतः हाम्रो राष्ट्रिय भेला नै प्राथमिकतामा राखेर प्रदेश भेलाहरू गरिरहेका हौँ‚’ झाले भने‚ ‘राजनीतिक माहोल बनाउने तथा प्रदेशहरूको इश्युजहरू समाधान गर्ने हाम्रो लक्ष्य हो ।’ भेलाकै दौरान कर्णाली प्रदेश कमिटी गठन गरिएको भन्दै उनले थपे‚ ‘कर्णालीमा प्रदेश कार्यसमिति नै अनुशासन कारबाही गरेका थियौँ । अहिले हामीले नयाँ गठन गरेका छौँ ।’

प्रदेशगत भेलाहरूमा पार्टी सभापति रवि लामिछानेसहित‚ उपसभापति तथा सम्भव भएका पदाधिकारी र सम्बन्धित प्रदेशका सांसदहरू उपस्थित हुने झाले जानकारी दिए । रास्वपाले २०८१ असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्दैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका