जोडिनुहोस
  • होमपेज
  • रोनाल्डोको ९०० करिअर गोल पूरा

रोनाल्डोको ९०० करिअर गोल पूरा

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले करिअरमा ९०० गोल पूरा गरेका छन् ।

अन्तर्राष्ट्रिय फिफा विन्डोमा भएको नेसन्स लिगअन्तर्गतको खेलमा क्रोएसियाविरुद्ध एक गोल गरेसँगै रोनाल्डोले यो कोसेढुंगा छोएका हुन् । रोनाल्डो गोलसँगै भावुक बनेका थिए । अन्तर्राष्ट्रिय करिअरमा भने रोनाल्डोको यो १३१औँ गोल हो । क्रोएसियाविरुद्ध पोर्चुगलले २–० को जित निकालेको थियो ।

क्लबस्तरमा रोनाल्डोले स्पोर्टिङ लिस्वन, म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड, युभेन्ट्स र अल नासरबाट खेलेका छन् । रोनाल्डोले आफ्नो करिअरको पहिलो गोल २२ वर्षअघि गरेका थिए । उनले सन् २००२ को अक्टोबर ७ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट पहिलो गोल गरेका थिए ।

रोनाल्डोले आफ्नो करिअरमा स्पोर्टिङ लिस्वनबाट पाँच, रियाल मड्रिडबाट ४५०, पोर्चुगलबाट १३१, म्यानचेस्टर युनाइटेडबाट १४५, युभेन्ट्सबाट १०१ र अल नासरबाट हालसम्म ६८ गोल गरेका थिए ।यो कोसेढुंगा पूरा गरेपछि आफूले १०० गोल चाहेको रोनाल्डोले बताए ।

“म १००० गोलसम्म पुग्न चाहन्छु । यदि मलाई कुनै इन्जुरी हुँदैन भने यो मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो,” रोनाल्डोले क्रोएसियाविरुद्धको खेलपछि भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका