
काठमाडौँ –३२ नाकटी स्थित नागेश्वर महादेव मन्दिरमा हरितालिका तीज पर्वको शुभ अवसरमा ठूलो संख्यामा श्रद्धालुहरू नारीहरूको भिड लागेको छ।
बिहान ३ बजेदेखि चारै ढोका खुल्ला रहेको छ। भक्तजनहरुलाई सुविधाको निमित्त व्यवस्थित तरिकाले दर्शनको व्यवस्था मिलाइएको छ। नाचगान तथा तीज पर्व मा उपस्थित भएका श्रद्धालु भक्तहरूलाई कुनै असहज नहोस् भनेर नागेश्वर महादेव व्यवस्थापन समितिले पूर्ण तयारी गरेको छ। अहिलेसम्म करिब ४० हजारभन्दा बढीले दर्शन गरेको छन्।
१८८१ मा सरदार वाघसिं राय ले स्थापना गरेका थिए। नागेश्वर ज्योतिलिङ्ग अत्यन्तै दिव्य र दुर्लभ रहेको छ। हाल मन्दिरको व्यवस्थापन बाधसिंका वंशज वरिष्ठ समाजसेवी प्रकाश रायमाझीगर्नुभएको छ।यस्तै बालाजु डुग्रेनी पानीमा रहेको बाणेश्वर महादेव मन्दिरमा पनि श्रद्धालुहरूको उपस्थिति छ।