
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको सदस्यमा १० जनाको नाम मनोनयन गरेका छन् । सभापति देउवाले आज विभागको सदस्यमा १० जनाको नाम मनोनयन गरेकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ विभाग प्रमुख रहेका छन् ।
