जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले बनायो केन्द्रीय कानुन विभाग

कांग्रेसले बनायो केन्द्रीय कानुन विभाग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको ‘केन्द्रीय कानुन विभाग गठन गरेका छन् । विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनयन भएका छन् भने सचिवको कामकाज गर्न कमलबहादुर खत्री तोकिएका छन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, कांग्रेसको संशोधित विधानअनुरुप पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपालीको संयोजकत्वमा दश जना सदस्य मनोनयन भएका हुन् । विभागको सदस्य मनोनयन भएकाहरुमा विराज पाण्डे– कञ्चनपुर, कमलबहादुर खत्री– सुर्खेत, दुर्गाबहादुर सुनार– कास्की, दिपकराज रेग्मी– दाङ, ध्रुव श्रेष्ठ– सुर्खेत, रामचन्द्र गौतम– रुकुमपश्चिम, खिल गिरि– धादिङ, मन्दिरा अधिकारी– काभ्रेपलाञ्चोक, शोभा घिमिरे संखुवासभा, अमितकुमार कर्ण–धनुषा छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका