
चितवन– पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सडक विभागको समन्वयमा पहिरो हटाएपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका– ३ फिस्लिङ नजिकै आज बिहान सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी रुपमा अवरुद्ध भएको थियो ।