जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल भदौ २५ गते मंगलबारको राशिफल

आज २०८१ साल भदौ २५ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः नसोचेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । अष्टम भावमा चन्द्रमा पुगेकाले खानपानमा समस्या हुनेछ । आफ्नो आलोचना सुन्नुपर्ने हुनेछ । परिवारसँगको सम्बन्ध भने राम्रो बन्नेछ ।

वृषः तपाईंको बोलीमा मोहनी छ । बोलीकै कारण राम्रा काम बन्नेछन् । लगानीका क्षेत्रमध्ये स्वदेशमा ठुलो फाइदा हुनेछ ।
परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः तपाईंको मनमा अशान्तिले बास गरेकाले व्यवहारमा झमेला सहनुपर्ने हुनसक्छ । गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । सोचेर बोल्नु राम्रो होला । परिवारको तर्फबाट सम्मान मिल्नेछ । आज तपाईंले योजना बनाएका महत्त्वपूर्ण काम बन्नेछन् ।

कर्कटः आफूले दुःख गरेर जोगाएको धन सक्ने समूह सक्रिय छ । सहकार्यमा अगाडि बढ्नु भन्दा निजी ढंगले गरेको लगानीबाट फाइदा हुनेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा परिवार र समाजमा टकराब हुने योग छ ।

सिंहः साना कुराले खटपटी बढ्नसक्छ । साना कुरामा तनाव नलिइकन अगाडि बढेमा तपाईंका सम्भावना धेरै छन् । परदेशको रमझमले मन आकर्षित हुनेछ । लगानी गरेको भए राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारसँग आजको दिन सुखका साथ दिन बित्नेछ ।

कन्याः बन्धुलाई फुट गराएर स्वार्थ पूरा गर्ने समय आएको छ । कृषि क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रगति हुनेछ । धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ । संस्कारको सुरुवात परिवारबाट हुनेछ ।

तुलाः धनलक्ष्मी योग परेकाले नसोचेको ठाउँबाट आम्दानी हुनेछ । व्यवहारिक ज्ञानको आवश्यकता महसुस हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिकः कर्मस्थानमा शुभ ग्रहको बहुमत भएकाले मनमा राम्रो भावको विकास हुनेछ । मन फराकिलो बन्नेछ । राज्यमाथिको जिम्मेवारी बोध हुनेछ । राजनीतिमा तपाईंको विशेष ठाउँ रहनेछ । बौद्धिक व्यक्तिको माया प्राप्त हुनेछ । सानो काममा नअल्झिनो फाइदा होला ।

धनुः शिक्षा र बौद्धिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । अनुत्पादक क्षेत्रमा लगानी बढ्ने भएकाले सचेत बन्नुपर्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट उन्नति हुनेछ । परिवारको विश्वास गर्ने बानीले धोका हुने सम्भावना देखिन्छ ।

मकरः बौद्धिक व्यक्तिसँग राम्रो अन्तरक्रिया हुनेछ । मन शान्त बन्नेछ । आफ्ना भनिएका साथीलेसमेत विपक्षीसँग मिलेर तपाईंविरुद्ध प्रहार गर्ने भएकाले सचेत बन्नुपर्ने छ । परिवारको साथ मिल्नेछ । न्यायिक क्षेत्रमा सफलता हात लाग्नेछ ।

कुम्भः मन भारी बन्नेछ । अरुको कुरामा चित्त नबुझ्दा मन अशान्त हुनेछ । बिहान शिवको दर्शन गरेर कामको सुरुवात गरेमा मन शान्त हुनेछ । धार्मिक कार्यबाट कामको सुरुवात गरेमा मात्र दिन सफल हुनेछ ।

मीनः तपाईंका शुभ ग्रह बहुमतमा छन् । शुभ ग्रहको बहुमत हुनाले हरेक क्षेत्रमा नाम र दाम प्राप्त हुनेछ । संकटमा परिवारले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका