काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड ब्रेक गर्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि, भदौ २१ गते एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएर भएको थियो । त्यस दिनको रेकर्डलाई आज ब्रेक गरेको हो ।मंगलबारको तुलनामा सुनको मूल्य एक हजार रुपैयाँले बढेर कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।