जोडिनुहोस
  • होमपेज
  • रास्वपाको निर्णय ; उपसभामुख रानाले संसद्‍मा जवाफ दिन पाउनुपर्छ

रास्वपाको निर्णय ; उपसभामुख रानाले संसद्‍मा जवाफ दिन पाउनुपर्छ

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखिएको भनिएको पत्रबारे संसद्मा स्पष्टीकरण दिन पाउनुपर्ने निर्णय गरेको छ । उपसभामुख राना मगरले संसद् सचिवालयको लेटरप्याड दुरुपयोग गरेर पत्र लेखेको हो वा होइन भन्ने कुराको जवाफ प्रतिनिधिसभाको बैठकमा दिन पाउनुपर्ने निर्णय बैठकले गरेको रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले बताए । बुधवार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले पनि उपसभामुख रानामगरले संसद्‍मा आफ्ना कुरा राख्न पाउनुपर्ने निर्णय गरेको झाले बताएका छन् । उपसभामुख रानामगरले प्रतिनिधि सभाको बुधबार नै बस्ने बैठकमा जवाफ दिन पाउनुपर्ने माग पार्टीले राख्ने पनि झाले बताएका छन् । झाले १८ महिनासम्म यो विषय लुकाएर राखिएका कारण दलहरूले स्वार्थ साँधेर उपसभामुख राना मगरलाई हटाउने योजना बनाएको बताएका छन् ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका