जोडिनुहोस
  • होमपेज
  • झन्डै ४ करोड रुपैयाँ बराबरको रक्सी र कम्प्युटर माउस लगायतका सामग्रीसहित ट्रक नियन्त्रणमा

झन्डै ४ करोड रुपैयाँ बराबरको रक्सी र कम्प्युटर माउस लगायतका सामग्रीसहित ट्रक नियन्त्रणमा

पर्साको वीरगञ्जबाट प्रहरीले झन्डै चार करोड रुपैयाँ बराबरको रक्सी र कम्प्युटर माउस लगायतका सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–२५ मा लु १ ख ७५३२ नम्बर र ना ३ ख ५४९ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ती ट्रकमा काठमाण्डौ लैजाँदै गरेको बीलबीजकभन्दा धेरैको तीन करोड ९३ लाख ८८ हजार ६ सय रुपैयाँ बराबरको रक्सी र कम्प्युटर माउस लगायतका सामग्री रहेका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका ट्रकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका