जोडिनुहोस
  • होमपेज
  • रामहरि खतिवडाको तर्क- सभामुखको रुलिङ मान्दिनँ भन्न पाइँदैन

रामहरि खतिवडाको तर्क- सभामुखको रुलिङ मान्दिनँ भन्न पाइँदैन

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सभामुखको रुलिङलाई मान्दिन भन्न नमिल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सभामुखको रुलिङमा आपति भए लिखित जानकारी गराउन सक्ने व्यवस्था रहेको बताए । तर उनले सभामुखको रुलिङ मान्दिनँ भन्न नमिल्ने बताएका हुन् । माओवादी सरकारबाट बाहिरिनुपर्दाको केही असर सदनमा समेत देखिएको भन्दै साना-साना कुरामा अल्झिन नहुने खतिवडाले बताए । सहमतिबाट सबै समस्याको समाधान हुनुपर्नेमा उनले जोड दिए । त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले दुई दलको विवादले सदन अवरुद्ध हुनु राम्रो कुरा नभएको बताए। सशस्त्र द्वन्द्वका क्रममा भएका राम्रा-नराम्रा काम स्वीकार गर्दै अहिलेको अवस्थमा आइपुगेको भन्दै उनले शान्तिप्रक्रियालाई सहज रुपमा निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । हिंसा शव्दलाई लिएर राजनीतिक पार्टीहरूले बखेडा खडा गर्न नहुने उनले बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका