जोडिनुहोस
  • होमपेज
  • सुनसरीबाट ४८० केजी गाँजा बरामद

सुनसरीबाट ४८० केजी गाँजा बरामद

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बीओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ । यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको बराहक्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ के.जी गाँजा बरामद गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका