जोडिनुहोस
  • होमपेज
  • एपीएफ क्लब जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

एपीएफ क्लब जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

सिमरा। विभागिय टिम नेपाल एपीएफ क्लब सिमरामा जारी १४औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आठौं विराट गोल्डकपमा मोरङसंग पराजित हुँदै बाहिरिएको एपीएफले जीतपुरसिमरा गोल्डकपमा सुखद् सुरुवात गर्ने क्रममा मकवानपुरलाई २–० ले पराजित गरेको हो ।

एपीएफको जीतमा बिके तामाङ र प्रदीप लामाले समान एक–एक गोल गरे । खेलको ३०औं मिनेटमा बिके तामाङको गोलबाट खेलमा अग्रता लिएपनि जीतका लागि एपीएफले अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो ।

बलियो चुनौती पस्किएको मकवानपुरविरुद्ध बिकेले बिश्वास उदासको क्रस बललाई सदुपयोग गरे । विश्वासको ब्याक पासलाई बिकेले सानदार फिनिसिङ दिए । विपक्षी डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बिकेले गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मकवानपुरविरुद्ध उस्तै लयमा उत्रिएको एपीएफले ६८औं मिनेटमा गोलअन्तर दोब्बर पार्यो । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बलमा प्रदीपले गोल गरेका थिए । —अर्जुन चौधरी

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14