जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल भदौ २९ गते शनिबारको राशिफल

आज २०८१ साल भदौ २९ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः नसोचेको ठाउँबाट धन प्राप्त हुने योग छ। तपाईं न्यायको प्रतिक्षामा भए तपाईंको पक्षमा न्याय हुनेछ। घर र जग्गाको कारोबारमा तपाईंलाई फाइदा हुनेछ। काम गर्नु अगाडि आफूभन्दा ठुला व्यक्तिको सुझाव लिनु राम्रो हुनेछ।

वृषः प्राविधिक क्षेत्रमा तपाईंको लगानी भए फाइदा हुनेछ। राज्यको काम सफल बन्नेछ। राजनीतिक विसंगतीको चर्चा र परिचर्चामा दिन बित्नेछ। परिवारको साथ र सहयोगले दिन रमाइलो बन्नेछ।

मिथुनः स्वास्थ्यमा समस्या हुने खतरा छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। साना कुराले मन अशान्त बन्नेछ। अनुत्पादक क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ। परिवारसँगको घुमघाममा भने दिन सहजै बित्नेछ।

कर्कटः नयाँ ठाउँको यात्रा तय हुनेछ। लगानीका क्षेत्र अब्बल छन्। हिमाली जडिबुटी र आयुर्वेदको क्षेत्रमा तपाईंको चासो बढ्नेछ। जडिबुटीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारको साथमा बसेर मिठो खानेकुरा खान पाइनेछ।

सिंहः तपाईंको राशिमा मित्रग्रह सूर्य र बुध रहेकाले शिक्षा क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रबाट फाइदा हुने योग छ। साथीबाट असहयोग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। गायन क्षेत्रमा रुचि बढ्नेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। परिवारमा तपाईंको कुरा लागू नहुने भएकाले कर्तव्यमा लाग्नुपर्ने देखिन्छ।

कन्याः दिन रमाइलो छ। पुराना योजनाले सार्थकता पाउने देखिन्छ। हरेक ठाउँमा गरेको लगानीमध्ये कृषिमा गरेको लगानी सफल बन्नेछ। परिवारसँग घुम्ने अवसर जुट्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः राज्यका गतिविधिको चर्चामा दिन बित्नेछ। तपाईंका क्रियाकलापको विरुद्धमा लाग्ने साथी सक्रिय भएकाले काम गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। समाजसेवामा समय दिएकै कारण परिवारमा मनमुटाव हुनेछ।

वृश्चिकः दाजुभाइको साथ र सहयोग लिएर अगाडि बढ्ने दिन छ। ठुला व्यक्तिसँगको भेटले मन हलुका भएको अनुभव हुनेछ। न्यायिक क्षेत्रमा भएको प्रयासमा भने तपाईंको पक्षमा फैसला हुनेछ। परिवारको माया र सम्झना राम्रो रहनेछ।

धनुः शिक्षाको माध्यमबाट धन आर्जन गर्ने दिन छ। बौद्धिक क्षेत्रमा गरेको लगानीमा रुचि बढ्नेछ। बौद्धिक क्षेत्रमा लगेका व्यक्तिबाट विशेष सल्लाह र सुझाव मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट हौसला बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन रमाइलो बन्नेछ।

मकरः तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछन्। तपाईंले सोचेको काम बन्नेछ। राजनीतिक क्षेत्रमा हात नलगाउनु राम्रो हुनेछ। आफन्तभन्दा टाढाका व्यक्तिबाट सहयोग प्राप्त हुने दिन छ।

कुम्भः दैनिकी चुनौतीपूर्ण छ। मान र प्रतिष्ठा जोगाउन धन खर्च गर्नुपर्नेछ। सानो कुराले ठुलो असर गर्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। बिहानै शिव भजन गर्नाले मन शान्त हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ।

मीनः प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम बढ्नेछ। आफ्नै अभिभावकबाट लिएको सुझावसहित अगाडि बढेमा हरेक काम सहज बन्नेछन्। बिहानै गणेशको पूजा गरेमा मन शान्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका