जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्रधानसेनापति सिग्देलले जंगीअड्डा पुगेर सम्हाले कार्यभार

प्रधानसेनापति सिग्देलले जंगीअड्डा पुगेर सम्हाले कार्यभार

प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार पद तथा गोपनीयताको सपथका साथै दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रधासेनापति सिग्लेलले जंगीअड्डामा पदभार ग्रहण गरेका हुन्। सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ। त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण पनि गरेका छन् । २०२३ माघ १९ गते रुपन्देहीमा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । २०८१ श्रावण २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । यसअघि सेनाको नेतृत्व प्रभुराम शर्माको कमान्डमा थियो ।

 

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК