जोडिनुहोस
  • होमपेज
  • बिजुली लैजान बंगलादेशले सम्झौता अघि बढाउँछ : राजदूत चौधरी

बिजुली लैजान बंगलादेशले सम्झौता अघि बढाउँछ : राजदूत चौधरी

काठमाडौँ । बंगलादेशले नेपालबाट लैजाने भनिएको ४० मेगावाट विद्युत्का निम्ति सम्झौताको कार्य अघि बढाउने नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको भेटमा आइतबार चौधरीले बिजुली लैजान प्रक्रिया टुंग्याउनेतर्फ उन्मुख रहेको बताएका हुन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका विविध विषयमा छलफल गरिएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको उल्लेख गरे । दुई देशबीचको सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । ६८० मेगावाटको सुनकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणका निम्ति नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरको प्रक्रिया अगाडि बढाइएकामा दूतावासबाट आवश्यक पहल हुने पनि उनले विश्वास व्यक्त गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका