जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागको सदस्यमा दश जना मनोनयन

कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागको सदस्यमा दश जना मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको प्रमुख पार्टीका केन्द्रीय सदस्य समेत रहेका अजयवावु शिवाकोटी रहेको छ ।

  • श्री पूर्णलाल श्रेष्ठ, काठमाडौं
  • श्री पुष्पराज जोशी, कैलाली
  • डा. राजेन्द्र श्रेष्ठ, दोलखा
  • श्री नृप साउँद, अछाम
  • ई .प्रकाश राय, महोत्तरी
  • श्री महेन्द्र लामा, सिन्धुपाल्चोक
  • श्री विपिन किरण, सुनसरी
  • ई . आयुष गौतम, अर्घाखाँची श्री चन्दा क्षेत्री, स्याङ्जा
  • श्री प्रविण ददेल, रूकुम (पश्चिम)

प्रचलन खबर

धेरै टिप्पणी गरिएका