जोडिनुहोस
  • होमपेज
  • दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी

अन्तर्राष्ट्रिय

दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी

दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी

भारतको राजधानी दिल्लीको मुख्यमन्त्री आतिशी मर्लेना बन्ने भएकी छन्।

मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने लागेकाे हो।

भारतीय सञ्चार माध्यमका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन्।

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरि जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए। उनले आजै राजीनामा दिने बताइएको छ।

४३ वर्षीया आतिशी हालको दिल्ली सरकारमा शिक्षामन्त्री रहेकी छन्। उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ। केजरीवालसहितका शीर्ष नेताहरु जेलमा हुँदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका