
काठमाडौं । संविधान दिवसको अवसरमा छुट्ने भनिएका कैदीबन्दीको रिहाइ प्रक्रिया लम्बिएको छ । कारागार व्यवस्थापन विभागले रिहा हुनेहरूको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ । तर, गृहबाट ढिलाइ उनीहरू संविधान दिवसको दिन बिहीबार (भोलि) रिहा हुने छैनन् ।
असार ९ मा ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै अर्को सूचना सार्वजनिक गरिएको थियो । रिहाइको सूचीमा रहेकाहरू संविधान दिवसको अवसरमा असोज ३ गते छुट्ने बताइएको थियो । कारागार व्यवस्था विभागका निर्देशक कमलप्रसाद पाण्डेले सबै प्रक्रिया पूरा नभएपछि केही दिन ढिला हुन गएको बताए ।
“संविधान दिवसकै दिन भोलि नै त छुट्न गाह्रो छ । तर, यही अवसरमा केही दिनमा छुट्छन्,” उनले भने ।