जोडिनुहोस
  • होमपेज
  • रविबारे देउवाले भने- चलाख रहेछन्, सहकारीको रकम अपचलन गरेको पुष्टि भयो

रविबारे देउवाले भने- चलाख रहेछन्, सहकारीको रकम अपचलन गरेको पुष्टि भयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको सुरुवात गर्दै सभापति देउवाले समितिको प्रतिवेदन सार्वजनिक भएपछि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका हुन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संसद्मा रास्वपा सभापतिबारे कांग्रेसले उठाएका प्रश्नहरू पनि प्रमाणित भएको दाबी गरे ।

संसदीय छानबिन विशेष समिति गठन गर्दाको समयमा लामिछानेले सहकारी रकम ठगी गरेको आफूलाई विश्वास नलागेको बताए । तर अहिले त्यो कुरा प्रमााणित भएकोले उक्त विषय उठान गरेकोमा पार्टी महामन्त्री गगनकुमार थापालाई धन्यवाद पनि दिएका छन् ।

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर’, उनले भने, ‘सहकारीको विषय मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईं (गगन) ले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका