
उत्कृष्ट नतिजाको आधारमा शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय शिक्षा पुरस्कार -२०८१ आज सम्माननिय प्रधानमन्त्री श्री के.पी.शर्मा ओलीज्युको हातबाट बिश्व निकेतन मा.बि. ले प्राप्त गर्यो। उक्त अवसरमा रु.२,००,०००/- नगद सहित राष्ट्रिय शिक्षा शिल्ड, ध्वजा र प्रमाणपत्र प्रमुख अतिथि सम्माननिय प्रधानमन्त्रीज्युले प्रदान गर्नुभयो ।
बिश्व निकेतन मा.बि.ले बि.सं.२०७४ र २०७५ मा पनि लगातार दुई वर्ष राष्ट्रिय शिक्षा पुरस्कार पाउन सफल भएको थियो। आज समेत विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कारमा ह्याटि्रक गरेको छ।
