
काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको अधिकारीले बताए । पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।