जोडिनुहोस
  • होमपेज
  • झापामा दुइटा भारतीय ट्रकमा आगजनी

झापामा दुइटा भारतीय ट्रकमा आगजनी

झापामा दुइटा भारतीय ट्रकमा अज्ञात समूहले आगजी गरेका छन् । गएराति साढे ११ बजे कन्काई –८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा एउटा ट्रकमा आगो लगाएको प्रहरीले जनाएको छ ।

बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै जाँदै गरेको यूपी५७एटी ४४९३ नम्बरको भारतीय मालबाहक ट्रकमा अगो लगाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका १०र१२ जनाले आगजनीगरी फरार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

ट्रकमा आगजनी गर्नेहरू दुर्गा प्रसाईंका समर्थन हुनसक्ने प्रहरीको अनुमान छ । प्रसाई पक्राउ परेपछि उनका समर्थकहरू आन्दोलित छन् । ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सिलिगुडी बस्ने वर्ष ४० का कुमार महतो जलेर सामान्य घाइते भएका छन् । उनको दाहिने हातको पाखुरा जलेको प्रहरीले जनाएको छ । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, बिर्तामोडको गिरिबन्धु टि स्टेट अगाडि पूर्वपश्चिम राजमार्ग काकरभिट्टातिर गइरहेको भारतीय ट्रकमा पनि आगजनी गरिएको छ । डब्ल्यूबी७३ ई ३०५६ नम्बरको खाली ट्रकमा आगो लगाएको प्रहरीले जनाएको छ । राति साढे दुई उक्त गाडीमा आगजनी गरिएको हो ।

बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । ट्रकको इन्जिनमा क्षति पुगेको झापा प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका