जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे बोलाएका हुन् । बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका