
ललितपुरको महानगरीय प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीमाथि अनुसन्धान शुरू भएको छ ।इन्स्पेक्टर शाहीले एक जना व्यक्तिलाई पक्राउ गरेर लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएर छानबिन गर्न समिति गठन गरेको हो । इन्स्पेक्टर शाहीले त्यो पैसा आफन्तको खातामा हाल्न लगाएको आरोप छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि घिमिरेको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको छ । ललितपुर प्रहरीले यो घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।