जोडिनुहोस
  • होमपेज
  • धनकुटा पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु

धनकुटा पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु

काठमाडौं – धनकुटाको पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।

पाख्रीबास नगरपालिका-५, गुराँसेडाँडाका ३५ वर्षीया आशा तामाङ र उनकी आमा करिब ५० वर्षीया रामकुमारी तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । शनिबार बिहान करिब साढे ३ बजेतिर पहिरो चलेपछि आमाछोरी सामान निकाल्न घरभित्र जान खोज्दा पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विश्व खड्काले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका