
काठमाडौं– दशैंका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको हो ।
देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएकाहरुलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरिएको हो । घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । काठमाडौंसहित देशभर अविरल वर्षासमेत भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन् ।
सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् । हरेक वर्ष दशैँ मनाउन काठमाडौंबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।