
सिरहामा बाढीले बगायो हुलालहान – सिरहामा निरन्तर वर्षापछि खोलामा आएको बाढीले हुलाकी सडक नै बगाएको छ । औरही गाउँपालिका र सिरहा नगरपालिकाको सिमानामा रहेको सहजा खोलाले सडक बगाएको हो ।
बाढीले शुक्रबारदेखि नै खोल्न थालेको सो सडक शनिबार आवतजावत नै गर्न नसकिने गरी बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।
सहजा खोलामा लामो समयदेखि पुल निर्माणाधीन छ । पुल नहुँदा सर्वसाधारण छेउमै रहेको सडकबाट आउजाउ गर्छन् । एकमात्र सडक बाढीले बगाएपछि आवागमन नै अवरुद्ध भएको छ ।