जोडिनुहोस
  • होमपेज
  • ललितपुरको हात्तीवनमा बस खाल्डोमा पस्यो

ललितपुरको हात्तीवनमा बस खाल्डोमा पस्यो

ललितपुरको हात्तीवनस्थित सडकमा बस भासिएको छ । बा २ ख ६८४८ बसको पछाडिको भाग सडकमा परेको खाल्डोमा छिरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी तथा प्रवक्ता नरहरि रेग्मीका अनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन ।

शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण सडकमा भ्वाङ पर्दा बसको पछाडिको भाग खाल्डोमा परेको हो । ललितपुरमा मात्रै बाढी पहिरोका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता छन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका