
सरकारले अविरल वर्षाले अवरुद्ध भएका सडकहरु तत्काल खोल्ने पहल गर्ने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २ र ३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरेको छ । बैठकले अवरुद्ध भएका सडकहरु अविलम्बन खोल्न भौतिक पूर्वाधार मन्त्रालयले पहल गर्ने निर्णय गरेको छ ।