जोडिनुहोस
  • होमपेज
  • नर्भिकले दुईदिन निःशुल्क ओपीडी सञ्चालन गर्ने

नर्भिकले दुईदिन निःशुल्क ओपीडी सञ्चालन गर्ने

काठमाडौं । विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले आज र भोलि (असोज १३ र १४ गते) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालका मुटुरोग विशेषज्ञहरू डा. नग्मा श्रेष्ठ, डा.राजीव श्रेष्ठ र डा.सन्तोष श्रेष्ठले यो सेवा दिँदैछन् । ओपीडी मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।

साथै अस्पतालले मुटुसम्बन्धी परीक्षण (कार्डियाक हेल्थ प्याकेज) मा १० प्रतिशत छुटको पनि घोषणा गरेको छ । निःशुल्क ओपीडी सेवा लिन फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप तथा भाइबर नम्बर ९७७–९८२३८८४४८८ नम्बरमा सम्पर्क राख्न अस्पतालले आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका