जोडिनुहोस
  • होमपेज
  • धादिङमा अलपत्र यात्रुलाई सुरुङमार्गबाट काठमाडौं ल्याइँदै

धादिङमा अलपत्र यात्रुलाई सुरुङमार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौँ — धादिङमा बाढीपहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याउन सुरु गरिएको छ ।

नागढुंगा-मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर यातायात आवागमन ठप्प भएपछि सडक बिभाग र चन्द्रा गिरि नगरपालिकाको सक्रियतामा यात्रुको उद्दार गरिएको हो । नगरपालिकाले उपलब्ध गराएको बसबाट यात्रुलाई सुरुङमार्ग हुँदै काठमाडौं ल्याउन थालिएको हो ।

आइतबार बिहान दुध बोकेको ट्याक्टरलाई सुरुङमार्गबाट काठमाडौं आउन दिइएको थियो । शनिबार पनि पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी स्थानीय रुटमा चल्ने गाडीबाट काठमाडौं ल्याइएको थियो । आयोजनाका अनुसार शनिबार करिब एक हजार यात्रुको उद्दार गरिएको थियो ।

कुखुरा बोकेका करिब दर्जन गाडीलाई सुरुङमार्गबाटै ल्याइएको थियो । बीचसडकमै रोकिएका यात्रुलाई निर्माणाधीन सुरुङमार्गबाट काठमाडौं ल्याउन सहजीकरण गरिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका