जोडिनुहोस
  • होमपेज
  • बाढी प्रभावितलाई उचित राहत दिन पूर्वराजा ज्ञानेन्द्रको आग्रह

बाढी प्रभावितलाई उचित राहत दिन पूर्वराजा ज्ञानेन्द्रको आग्रह

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो प्रभावितहरुलाई उचित राहत दिनुपर्नेमा जोड दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै शाहले भारी वर्ष हुनसक्छ भन्ने पूर्व सूचना हहुँदा हुँदै अग्रिम तत्परता एवं पूर्व प्रतिकार्य नभएका कारण मानवीय र भौतिक क्षति भएका बताएका हुन् ।

उनले मृतकको परिवारलाई उचित राहत, बेपत्ताहरुको खोजी तथा घाइतेको उपचार हुनुपर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अस्तव्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका