जोडिनुहोस
  • होमपेज
  • बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको हो ।

मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ४८ जनाको मृत्यु भएको छ । प्रहरीले घटनामा अझैँ ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको जनाएको छ ।

बेपत्ताहरूको खोजी कार्य हुनुका साथै उद्धारलाई प्रभावकारी बनाउन लागिपरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बाढी–पहिरोमा फसेका ३ हजार ६०० जना भन्दा बढीको उद्धार भएको छ । यस्तै अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका