
काठमाडौं । शुक्रबारदेखि ३ दिनसम्म लगातरको वर्षाले नित्याएको विपदबाट पीडित हवाई यात्रुको लागि सहजता प्रदान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको छ ।
प्राधिरकणले शुक्रबार (११ असोज)देखि अगामी २५ असोजसम्म (१५ दिनको) लागि सबै अन्तर्राष्ट्रिय वायुसेवालाई यात्रुको सहजता हुने गरी सेवा दिन निर्देशन दिएको छ ।
प्राधिरकणको निर्देशनपछि अब असोज ११ देखि टिकट लिएका र समयमै उडान गर्न नपाएका यात्रुले १५ दिनभित्र निःशुल्क समय परिवर्तन गर्न पाउने भएका छन् । प्राधिकरणले यात्रुको सहजताका लागि १५ दिनको निम्ति समय परिवर्तन शुल्क (डेट चेन्ज चार्ज) नलिन सम्बन्धित सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई परिपत्र जारी गरेको छ । प्राधिकरणले यो अवधिको लागि यात्रुले अतिरिक्त शुल्क तिर्नु नपर्ने, सबैलाई समान व्यवहार गर्नेसहिकोे सेवा दिन परिवर्त गरेको छ ।