जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोबारे प्रधानमन्त्रीको जवाफ ; विरोधका लागि विरोध नगरौँ, सरकारले सक्दो कोसिस गर्दैछ

बाढीपहिरोबारे प्रधानमन्त्रीको जवाफ ; विरोधका लागि विरोध नगरौँ, सरकारले सक्दो कोसिस गर्दैछ

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौं उपत्यकासहितका क्षेत्रमा आएको बाढीपछिको उद्धार र राहत प्रक्रियामा सरकारले सक्दो कोसिस गरिरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर सोमबार काठमाडौं आएपछि सञ्चारकर्मीसँगको सवाल-जवाफमा उनले यस्तो बताएका हुन् ।

‘म फर्केर आएँ । विपद्को बेला सरकारको भूमिका देखिएन भन्ने सुनेँ । विरोधका लागि विरोध मात्रै नगरौँ । सरकारले गर्नेसम्मको प्रयास गरेको छ’, उनले भने, ‘सेना(प्रहरी खटाएको छ, उद्धार र राहत अभियान चलिरहेको छ । हामीले बाढी आउने कुरा रोक्न सकिँदैन थियो ।’

उनले बाढी-पहिरो पनि पूर्वसूचना दिएर नजाने बताउँदै सरकारले तदारुकताका साथ राहत पुर्‍याउने काममा लागेको पनि उनले बताएका छन् ।

‘म बाहिर हुँदा पनि मैले यस कामबारे सूचना लिइरहेको थिएँ । सरकारी निकायलाई पनि मैले निर्देशन गरेको छु । यस्तो संवेदनशील बेलामा सबै मिलेर चल्नु वाञ्छनीय हुन्छ’,उनले भने, ‘अब म आएँ, सरकारको भूमिका अझ प्रभावकारी हुन्छ । राहत र उद्धारलाई गति दिन्छौँ ।’

उनले मौसम पूर्वानुमान महाशाखाले बाढी(पहिरो आउने बताए पनि कुन ठाउँमा आएर क्षति गर्ने भन्ने पूर्वानुमान कसैले गर्न नसक्ने पनि बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका