जोडिनुहोस
  • होमपेज
  • इजरायलले बेरुतमा आक्रमण गर्दा एकैदिन ९५ जनाको मृत्यु

इजरायलले बेरुतमा आक्रमण गर्दा एकैदिन ९५ जनाको मृत्यु

काठमाडौं । इजरायलले गएराति लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको जनाएको छ । आक्रमण लेबनानको चरमपन्थी समूह हिजबुल्लाहको पूर्वाधार र हातहतियार निर्माण स्थलहरूलाई लक्षित गरी गरिएको जनाइएको छ ।

आक्रमण दहियाहमा केन्द्रित गरिएको थियो । बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ ।

“आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षतिको जोखिम कम गर्न धेरै कदम चालिएको थियो । यसमा सटीक हतियारहरू प्रयोग गरिएको र हवाई निगरानी गरिएको क्षेत्रमा सर्वसाधारणलाई चेतावनी जारी गर्नेसम्मको काम भएको थियो,” इजरायली सेनाले भनेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले लेबनानमा इजरायलको पछिल्लो हवाई आक्रमणमा करिब ९५ जनाको मृत्यु भएको र १७२ जना घाइते भएको जनाएको छ । इजरायलको हवाई आक्रमणबाट लेबनानमा विगत दुई हप्तामा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका