जोडिनुहोस
  • होमपेज
  • थाइल्यान्डमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा २० बालबालिकाको मृत्यु

थाइल्यान्डमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा २० बालबालिकाको मृत्यु

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककबाहिर प्राथमिक विद्यालयका ६० बालबालिका बोकेको एउटा बस दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परेर २० जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यसैगरी १६ जना बालबालिका र तीन जना शिक्षकले भनेर भागेर ज्यान जोगाएका बताइएको छ । अझै केही बिद्यार्थी र शिक्षकहरु हराइरहेका छन् । दुर्घटनामा परेको बस आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गर्मीका कारण अनुसन्धानकर्ताहरू गाडीभित्र पस्न नसकेको बताइएको छ ।
उत्तरी प्रान्त उथाई थानीको बिद्यालयको शैक्षिक भ्रमण बाट फर्केका बालबालिका र शिक्षकहरू बोकेको बस दुर्घटना भएको हो।

थाइल्याण्डका यातायात मन्त्रीले दुर्घटनाबारे जाँच गर्ने बताएका छन् । सो बस ग्याँसबाट सञ्चालित भएको अनुमान गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका