जोडिनुहोस
  • होमपेज
  • बाढी पसेर क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय हेर्न पुगे ओली

बाढी पसेर क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय हेर्न पुगे ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा शनिबारको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन्। अविरल वर्षा र बाढीका कारण एमाले केन्द्रीय कार्यालयको भुँइ तलमा पूरै डुबानमा परेको थियो । अहिले पनि एमाले परिसर हिलाम्मे भएको छ ।

बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री क्षतिग्रस्त भएका छन् । कार्यालयमा अहिले सरसफाइ चलिरहेको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका