जोडिनुहोस
  • होमपेज
  • विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : प्रभु साह

विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघिको परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन् ।

बाढीपहिरोको चपेटामा परेका जनतालाई संकटका बेलामा तीन तहका सरकारलाई सहारा बन्नलाई अनुरोध गर्दै उहाँले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याए।

बाढीपहिरोबाट लाखौँ जनताका अर्बौँ मूल्य बराबरको क्षति भएको उल्लेख गर्दै अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राखे। दसैँका नाममा लिइने पेश्की रकम यस वर्ष पीडित जनतालाई हस्तान्तरण गरी सहयोग पुर्‍याउन पनि उनले सबैसँग अपिल गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका