जोडिनुहोस
  • होमपेज
  • शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार ११४ अंकले बढेको शेयर बजार आज भने २६.०७ अंकले घटेको हो । आज नेप्से ०.९९ प्रतिशतले घटेर २५९७.४९ विन्दुमा आएको छ । आज ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर दिनभरमा कारोबार भएको छ । ५४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । प्रि–ओपन सेसनमा ६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । तर केही बेरमै बजार घटेर लत गएको थियो । ९ पटकसम्म बजारले तल माथि गरेको थियो । दिनभरमा ३ पटक बाहेक नेप्सेमा हरियाली देख्न समेत पाइएन ।

आज नेप्से परिसूचक न्यूनतम २५८६ विन्दु र उच्चतम् २६४३ बिन्दुसम्म पुगेको थियो । ३१० वटा कम्पनीको शेयर कारोबार भएको थियो । मंगलबार ८२ हजार ४४४ पटक शेयर किनबेच भएको थियो । फाइनान्स बाहेक सबै समूह राताम्य देखिएको छ । फाइनान्स समूह १.७५ प्रतिशतले बढेर ३ हजार १५६ विन्दुमा पुगेको छ । सबैभन्दा बढी निर्जीवन बीमा १.८२ प्रतिशतले घटेर १२ हजार ८२०.६४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम अन्य समूह ०.०३ प्रतिशतले घटेर २ हजार ४.९४ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक ०.७१ प्रतिशतले, विकास बैंक १.३८ प्रतिशतले, होटल एण्ड टुरिजम १.७९ प्रतिशतले, हाइड्रोपावर १.७४ प्रतिशतले, लगानी १.५२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७९ प्रतिशतले, जीवन बीमा ०.४० प्रतिशतले, लघुवित्त १.१२ प्रतिशतले, म्युचुअल फण्ड ०.४१ प्रतिशतले र ट्रेडिङ समूह १.१८ प्रतिशतले घटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका