जोडिनुहोस
  • होमपेज
  • दीपेन्द्र ऐरीको छलाङ ; अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए

दीपेन्द्र ऐरीको छलाङ ; अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए

नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम गरेका छन् । क्यानडामा जारी त्रिकोणीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी वरीयतामा पनि व्यापक सुधार गरेका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार चार स्थान सुधार गर्दै ऐरी दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसी वरीयतामा कुनै पनि नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा उत्कृष्ट वरीयता हो । यो क्याटागोरीमा इङ्ग्ल्यान्डका लियम लिङ्गुस्टन पहिलो नम्बरमा छन् । ऐरीको २३० अंक छ भने लियमको २५३ अंक छ । दीपेन्द्रले अस्ट्रेलियाका मार्कोस स्टोइनसलगायतलाई पछि पारेका हुन् ।

चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, पाँचौं स्थानमा श्री लंकाका वानिन्दु हसरंगा , छैटौ स्थानमा अफगानिस्तानका मोहमद नवि, सातौं स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् । यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औं स्थानमा पुगेका छन् । त्यस्तै नेपालका गुलशन झाले अलराउण्डरको वरीयतामा ११ स्थान सुधार गर्दै ५३औँ स्थानमा उक्लिएका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औँ स्थानमै छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका