
मासुप्रेमीका लागि आशनन्न दशैँमा बेच्ने च्याङ्ग्रा मुस्ताङबाट काठमाडौं आइपुगेका छन् । दशैं र तिहारसहितका चाडलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं भित्र्याइएको हो । अहिले यी च्याङ्ग्रालाईकलंकीको खसी बजारमा बिक्रीका लागि राखिएको छ । पहिलो दिन बुधबार ७९ वटा च्याङ्ग्रा कलंकी खसी बजार आइपुगेका हुन् । यसपटक जिउँदो च्याङ्ग्रा प्रतिकिलोग्राम १३ सय रुपैयाँले बिक्री गरिने भएको छ ।