जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने

कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने

नेपाली कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजन्य फोहोर सफा गर्ने भएको छ । कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग वर्षाजन्य फोहोर सफा गर्न लागेको हो । केन्द्रीय सदस्यसमेत रहेका विभाग प्रमुख कल्याणकुमार गुरुङले आगामी शनिबार गुहेश्वरी मन्दिर नजिक पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजज्य फोहोर सफा गरिने जानकारी दिए । उनले केही दिन अघिको अविरल वर्षा र विभिन्न नदीमा आएको बाढीपहिरोले बगाएर ल्याएको फोहोर तत्काल सफा गर्न आवश्यक रहेका कारण पशुपति क्षेत्रमा सरसफाइ कार्यक्रम राखिएको बताए । विभागले सार्वजनिक सूचना जारी गरेर आगामी शनिबार बिहान साढे ६ बजे सरसफाइ कार्यक्रममा सहभागी भइदिन आग्रह पनि गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका