जोडिनुहोस
  • होमपेज
  • ४१ करोडको निर्माणाधीन चौतारा रंगशाला अलपत्र

४१ करोडको निर्माणाधीन चौतारा रंगशाला अलपत्र

चौतारा । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रंगशाला अलपत्र परेको छ ।

निर्माण कम्पनीले ढिलासुस्तीले ४१ करोड ६२ लाख रुपैयाँको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रंगशालाको काम रोकिएको छ ।

यसैबीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रंगशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले पनि कछुवा गतिमा काम भइरहेको बताए । जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले रंगशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको दुखेसो गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका